आजको मौसम, देशभर कस्तो रहला ?

663
0
Share:

काठमाडौं । स्थानीयसँगै पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम सामान्यतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शुक्रबार) दिउँसो देशका मध्य र पूर्वका केही तथा पश्चिमका थोरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने र कतै कतै भने असिना पनि पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

यस्तै आज राति देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्र र तराईका केही ठाउँमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: