
बाग्लुङ । बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला उपचारपछि निको भएर घर गएकी छन् ।
कोभिड–१९ को संक्रमण भएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलको तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नभएको पुष्टि भएपछि शनिबार साँझ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
उनी नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन्। चैत ४ गते बेल्जियमबाट कतार हुदै बाग्लुङ आएकी उनलाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो । कोरोना संक्रमण भएको पुष्टी भएपछि उनलाई धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो ।
उनलाई दुई हप्तासम्म घरमै क्वारेन्टिनमा बस्न भनिएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।
