
पोखरा । आज (आइतबार) पनि देशका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
आज देशका पहाडी भेगका केही स्थान तथा तराईका पनि एकरदुई ठाउँमा हावाहुरी र चट्याङसहित असिना पानी पर्ने सम्भावना छ।
बेलुकीपख विशेषगरी पोखरा, काठमाडौंलगायत ठाउँका पहाडी भेगमा हावाहुरी आउने, चट्याङसहित असिना पानी पर्ने सम्भावना रहेकाले होसियार रहन मौसमविद्ले आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
