
माधब पनेरु पोखरा, ३ पुष / जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्च कास्कीले खाना पकाउने ग्याँसको विहिवार वजार अनुगमन गरेको छ । वजार अनुगमनका क्रममा न्यु दिप निशान गिफ्ट एण्ट किचनमा वजार मुल्य भन्दा बढी मुल्यमा सिलिण्डर सहितको ग्याँस विक्रि गरेको भेटिएको मञ्चका अध्यक्ष कपिलनाथ कोईरालाले विग एफ एमलाई जानकारी दिए ।
अनुगमनका क्रममा केही पसलहरुमा नयाँ सिलिण्डर खरिद गरे मात्र ग्यास पाउने गरेको भेटिएको कोईरालाको भनाई छ । बजार अनुगमनलाई निरन्तरता दिने मञ्चका अध्यक्ष कोईरालाले जानकारी दिए । कास्की लगायतका जिल्लाहरुमा ग्यास अभाव भएको एक महिना पुगिसक्दा पनि आपुर्ति सहज हुन सकेको छैन ।
ग्यासको अभाव भएको बारेमा जिल्ला प्रसासन कार्यालय कास्कीले सम्बन्धीत निकायसगँ छलफल गरेपनि ग्याँसको सहज आपुर्ति हुन नसक्दा उपभोक्त मारमा परेका छन । प्रमुख जिल्ला अधिकार कृष्ण बहादुर राउतले पोखरामा दैनिक ३८ मेट्रिक टन ग्यास भित्रिरहेको बताए । बजारमा अपुग भएको भन्ने कुरा सुनिएको छ ,तर बिक्रेताहरुले ग्यास आईरहेको बिबरण पेश गरेका छन , राउतले बिग एफ.एम संग कुरा गर्दे भने । हरेक दिन ग्यास आईरहेको बिवरण आफु संग आएकोले बजारमा अपुग भएको बिषयमा अनुगमन गर्ने उनले बताए । राउतले अनुुगमन गरेर ग्यास बितरण सहज बनाउने बताए ।
बजारमा अनुगमन गरेको भनिए पनि केही सिमित स्थानमा बाहेक ग्यासको कृत्रिम अभाव भएको स्थानमा पुग्न नसकेको सर्बसाधारणहरुले गुनासो गरेका छन । खाली सिलिण्डर बोकेर दिनभरी चाहार्दा पनि ग्यास नपाएको उनिहरुको गुनासो छ । सरकारले अत्याबस्यक सेवा ऐन लागु गरे पनि सही कार्यान्वयन भएको छैन ।
ग्यास पाईहाले पनि नयाँ सिलिण्डर खरिद गर्नुपर्ने बाद्यता छ । पुरानो खाली सिलिण्डर ब्यापारीहरुले साट्न मान्दैनन । नयाँ खरिद गर्दा पनि साबिक भन्दा धेरै रकम तिर्नु उपभोक्ता बाद्य छन । अनुगमनका लागि जाने उपभोक्त संघ तथा स्थानिय प्रसासन निश्प्रभाबि बनेका छन । एकातिर अनुगमनका गरिरहने अर्को तर्फ सर्वसाधारणले ठगिने क्रम रोकिएको छैन ।

