
काठमाडौं । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिए ।
योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
अहिले सबै संक्रमित नेपालीको उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
