राजपा र समाजवादी पार्टीबीच मध्यरातमा पार्टी एकताको घोषणा, नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’

596
0
Share:

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालबीच बुधबार मध्यरातमा पार्टी एकताको घोषणा भएको छ । राजपा नेपालका संयोजक शरत सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो ।

एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राखिएको छ । एकीकृत पार्टीको झण्डा भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुने छ भने राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।

भैसेंपाटीमा बसेको दुई पार्टीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: