लकडाउन वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

Share:

काठमाडौं । सरकारले जारी लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चैत ११ यता जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरिएकोमा १० दिन थप गरी २५ गतेसम्म लम्ब्याइएको हो । यसअघि लकडाउन तीन पटकसम्म थपिसकेको छ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले भने लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: