
पोखरा । आज (मंगलबार) पनि देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वमा बनेको न्यून चापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले देशभरे मौसम बदली भइ केही ठाउँमा पानी परिरहेको जनाइएको छ ।
दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित पानी पर्ने मौसमविदले बताएका छन् ।
यसैगरी राति पनि देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित पानी पर्ने जनाइएको छ।
कमेन्ट गर्नुहोस्
