कोरोना प्रभाव : पोखरा स्पोर्ट्स अवार्ड स्थगित

Share:

पोखारा । नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको पाँचौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ। मञ्चले यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन उक्त अवार्ड कार्यक्रम तय गरेको थियो ।

‘वैशाख २१ (विश्व प्रेस स्वतन्त्रता दिवस) को दिन पारेर मञ्चले पोखरा सभागृहमा गर्ने गरी पूर्वघोषणा गरिएको पाँचौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अर्को मिति घोषणा नहुँदासम्मका लागि स्थगन गरिएको छ’, मञ्चका अध्यक्ष एकराज गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मञ्चले स्पोर्ट्स अवार्डमा खेलकूद विकासमा योगदान दिने अग्रजलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष र महिला, चर्चित खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक, खेल सङ्घ र खेल पत्रकार अवार्ड गरी आठ विधामा अवार्ड वितरण गर्दै आएको छ । वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलालाई एक(एक थान मोटरसाइकल र स्कुटरबाट पुरस्कृत गर्ने गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: