नेकपा सचिवालय बैठक आज बस्दै

Share:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दै छ । बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो दिउँसो भएको भेटपछि सचिवालय बैठक डाकिएको हो। हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो ।

केही दिन यता नेकपाभित्र देखिएको आन्तरिक विवादका कारण नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब बढ्दै गएको छ ।
यस्तै केही दिनअघि नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमा अध्यक्षद्वयलाई सामूहिक पत्र बुझाउँदै बैठकको माग गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: