
पोखरा । मुलुककै ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टीमा अहिले भाँडभैंलो छ । कोरोनाले विश्व आक्रान्त रहेकै बेला पार्टीमा कसैलाई थाहै नदिई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि विवाद छताछुल्ल भयो । अहिले नेताहरु आफूलाई सशक्त बनाउन रस्साकस्सीमा लागेका छन् । विगतमा तिक्ततापूर्ण सम्बन्धमा रहेका दुई ठूला कम्युनिष्ट पार्टी एक भएर चुनावमा होमियो । नेता, कार्यकर्ताले मात्र होइन, जनताले समेत अनुमोदन गरिदिए । झण्डै दुई तिहाई बहुमत प्राप्त गर्दै पाँच वर्षका लागि सरकार बनायो । अहिले त्यही पार्टी फुट्ने हो कि भन्ने आशंका बढेको छ ।
नेता, कार्यकर्ताहरु भने फुटेर होइन, जुटेरै यो संकटबाट पार लागोस् भन्ने चाहन्छन् । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले निकै गम्भिर हुँदै फेसबुकमार्फत आफ्ना भनाई सार्वजनिक गरेका छन् । नेताहरुलाई पदमा नअल्झिन व्यंग्यात्मक शैलीमा उनले भनेका छन्ः ‘पार्टी एकता कोलागी आबस्यक परेमा म पार्टी अध्यक्ष र सभासद्को पद छोड्न तयार रहेको जानकारी पनि गराउन चाहन्छु!
थापाको यो आशय पदका लागि एकता नभाडियोस् भन्ने हो ।

