हेओरुम हिमालय तथा सियोल टुर्स एण्ड ट्राभल्सद्धारा कर्मचारीलाई राहत वितरण

Share:

पोखरा । १३१ औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसरमा हेओरुम हिमालय तथा सियोल पोखरा ट्राभल्स एण्ड टुर्स प्रा.लिले आफ्ना कर्मचारीलाई राहत प्रदान गरेको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण जिविकोपार्जनमा समस्या पर्ने गएको हुनाले सँस्थामा आबद्ध गाइड, पोटर, कार्यालय कर्मचारी तथा सहयोगीलाई शुक्रबार राहत सामाग्री वितरण गरिएको हो ।

सँस्थाले आफ्ना कर्मचारीलाई १ बोराजिरा मसिनो चामल, फुलको तेल १ लिटर, ५ के.जी चक्की आटा, नुन १ पोका, चना २ केजी, रातो दाल २ केजी, मस्यौरा २ प्याकेट, साबुन (कपडा धुने १, नुहाउने १, भाडा माझने २) प्रदान गरेको हेओरुम हिमालय तथा सियोल ट्राभल्स एण्ड टुर्सका संचालक राजु सुवेदीले बताए ।

कोरोना भाइरसल ेविश्व नै आक्रांत पारेपछि कामविहि नभएका ३० कर्मचारीलाई हेओरुम हिमालय तथा सियोल ट्राभल्स एण्ड टुर्सको बजेटबाट राहत वितरण गरिएको संचालक सुवेदीले जानकारी दिए । कास्कीकोटमा बसोबास गर्ने सोभाखर सुवेदीले लकडाउनका कारण रोजगार नभएको परिस्थितिमा पाएको राहत जति भए पनि निकै खुसीभएको बताएका छन् । उनका पाँच जना परिवार छन् ।

४ जना परिवार भएका कुष्णहरि सुवेदीले बिगत ९ बर्षदेखि ट्रेकिङ गाइडको रुपमाकामगर्दै आएकाहुन् । यस्तो विपतको घडिमा पाएको राहतले आनन्ददिलाएको कृष्णहरिले बताए। कार्यक्रममापोखरा महानगरपालिका वडा नं ६ काअध्यक्ष जगत बहादुर पहारी, पोखरा चेम्बर अफकमर्श कास्कीकाअध्यक्षकिसान सुनार, टानका अध्यक्ष हरि भुजेल, नाटाका अध्यक्ष सञ्जयकान्तसिग्देल लगायतद्धारा राहतवितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: