गण्डकी प्रदेशमा ४ जना डेंगुका विरामी भेटिए

Share:

पोखरा । गण्डकी प्रदेशमा ४ जना डेङ्गुका बिरामी भेटिएका छन् । आज पोखरामा १ जनामा र म्याग्दीमा ३ जनामा डेंगु संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

डा. शर्माका अनुसार स्याङ्जा घर भइ पोखरा महानगरपालिका–१७ बिरौटा बस्दै आएका एक ७० बर्षीय बृद्ध र म्याग्दीका बिभिन्न क्षेत्रका ३ जना व्यक्तिमा डेंगु संक्रमण देखिएको हो । डेंगु रोग अघिल्लो वर्ष भन्दा यो पटक पोखरा लगायत गण्डकी प्रदेशमा छिटो देखा परेको डा. शर्माले बताए ।

डेंगु के हो ?

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्र्नेे र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । डेंगु सुरुवा रोग भने हैन ।

लक्षण

यसको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा सुरुमा बिरामीहरूमा शरिर दुख्ने, रिँगाटा लाग्ने, बान्ता हुने, र आलस्यता हुने, एकदमै चिसो अनुभव हुने र निकै तिब्र ज्वरो आउने गर्छ ।

रोकथामका उपाय

मुख्यतयाः यसबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । तसर्थ घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । साथै लामखुट्टेको टोकाईबाट बच्न झुलको प्रयोग गर्ने वा लामखुट्टे धूप वा क्रिम प्रयोग गर्नु झ्याल ढोकामा जाली राख्नु आवश्यक छ । यस रोगको अहिलेसम्म कुनै खास औषधि तथा सुई खोप उपलब्ध छैन । आराम गर्ने, प्रशस्त पानी पिउने तथा ज्वरोको औषधि सेवन गर्ने र जति सक्दो चाँडो अस्पताल पुग्नु पर्छ ।

कमेन्ट गर्नुहोस्
Share: