
काठमाडौँ । सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषदको बैठकले फेरि लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन आज ४४ दिन पुगेको छ । यसअघि भोलि वैशाख २५ सम्मलाई लकडाउन गर्ने निर्णय गरेको थियो।
त्यस्तै हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।
कोरोनाका कारण अहिलेसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन्।
कमेन्ट गर्नुहोस्
