
काठमाडौँ । कपिलवस्तुमा थप १० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक जना पुरुषको भने उमेर खुलेको छैन ।
उनीहरु सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्

