पोखरामा रुखबाट लडेर एकको मृत्यु

Share:

पोखरा । पोखरामा रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१३ आर्वा बस्ने ६१ वर्षीय गजेन्द्र बहादुर बरालको सोमबार घर नजिकै दवाङ खोला भन्ने स्थानमा पाख्रीको रुखबाट लडेर मृत्यु भएको हो ।

रुखबाट लडेका बराललाई घाईते अवस्थामा उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: