विहिबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जान निषेध, सबै सवारी पास रद्ध

1390
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समेत लकडाउन खुकुलो बनेकोमा असन्तुष्ट थिए । नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या आजै पुष्टि भयो । अब सरकारले लकडाउन कडा बनाउने भएको छ ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मुलुकमा कोरोना ९कोभिड–१९० भाइरस संक्रमितको संख्या बढिरहेका बेला आवतजावतमा कडाइ गरिएको हो ।

गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार बिहीबारदेखि लागू हुने गरी यो निर्णय भएको छ । अब सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

यसअघि, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न पाउँथे । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ । यसअघि, मिडिया हाउसकै पास देखाएरै हिँड्ने गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: