नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या २१९ पुगेको छ ।

आज (बुधबार) बाँके र कपिलवस्तुमा एक/एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमित २१९ पुगेको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: