
काठमाडौँ। शुक्रबार (आज) विहान नेपालमा थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै मकवानपुरका ३७ वर्षका पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मकवानपुरमा भने यो पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

