पूर्वराजा ज्ञानेन्द्रले पाए सवारी पास, झापाबाट काठमाडौँ आउँदै

816
0
Share:

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापा प्रशासनले काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ। गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ नै उनीहरुलाई पास दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवारी पास दिएपछि पूर्वराजदम्पत्ती शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यही बसेका थिए।

बिहीबार पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: