
बागलुङ । बागलुङमा एक युवतीमा डेंगु संक्रमण देखिएको छ । धौलागिरी अस्पताल बागलुङमा परीक्षणका क्रममा जैमिनी नगरपालिका–८ छिस्तीकी २३ वर्षीया युवतीमा डेंगु संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
युवतीलाई ज्वरो आएपछि बैशाख २९ गते धौलागिरी असपताल बागलुङमा भर्ना गरिएको थियो । अहिले युवतीको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेका बताइएको छ ।
कमेन्ट गर्नुहोस्
