
काठमाडौँ । शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बर्दिया नर्खु–११ नीवासी २८ वर्षीया महिला, सिराहा सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा विरगंज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली– १ निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
