पोखरामा ट्याक्टर दुर्घटना हुँदा ७ घाइते

Share:

पोखरा । पोखरामा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । आज (शनिबार) बिहान ७ः३० बजे रुपा गाउँपालिका ५ देउरालीबाट पोखरा तर्फ आउदै गरेको ग १ त ४१७२ नं. को ट्याक्टर दुर्घटना हुँदा चालकसहित ट्याक्टरमा सवार ७ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

दुर्घटनामा ट्याक्टर चालक मादी गाउँपालिका ८ भगवतिटार का २२ बर्षीय लक्ष्मण बि.क., ४ बर्षीया बालिका जोशिका सुनार, ९ बर्षीय दिपेश सुनार, १९ बर्षीय हस्त बहादुर बुढामगर, पोखरा ३२ राजचौतारा की ३० बर्षीया कोपिला सुनार, ५५ बर्षीय विर बहादुर मगर र पोखरा ३२ बुढिबजार की ४९ बर्षीया बुद्धिमाया सुनार घाइते भएका छन् ।

घाइते सबैको अहिले मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ । ट्याक्टर आफैं अनियन्त्रित भइ सडकबाट अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: