
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।
नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएका थिए । उनलाई गाउँपालिकाले त्यही दिनबाट क्वारेन्टाइनमा राखेको थियो ।
मृतक युवकको स्वाब परीक्षणका लागि शनिबार संकलन गरि परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको थियो । उनको स्वाब रिपोर्ट भने अझैँ आउन बाँकी छ। स्वाब परीक्षण रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पत्ता लाग्नेछ ।
कमेन्ट गर्नुहोस्
