नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल हुँदै

459
0
Share:

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि आज(आइतबार)देखि संसदमा छलफल हुँदैछ ।

बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बेग्लाबेग्लै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने कार्यसूची रहेकोे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुँदैछ । नीति तथा कार्यक्रमको छलफलपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् ।

यसपटक नीति तथा कार्यक्रममाथिको छलफल भने छोट्याइएको संसद सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: