
काठमाडौँ । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकन आइडलको उपविजेता बनेका छन्। सोमबार (आज) बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङबाट उनी दोस्रो बनेका हुन्।
दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्।
पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए।
अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्।
काठमाडौंको रवीभवनमा जन्मेका उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका थिए।
कमेन्ट गर्नुहोस्
