
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ३ लाख २० हजार १३४ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वमा संक्रमितको संख्या ४८ लाख ९१ हजार ३३० पुगेको छ भने निको हुनेको संख्या १९ लाख ७ हजार ४२२ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९० हजार ३ सय ९ जना पुगेको छ। संक्रमितको संख्या पनि सबैभन्दा धेरै अमेरिकामा नै १५ लाख ६ हजार ८ सय ४० जना रहेका छन् । त्यस्तै, रुसमा संक्रमित संख्या २ लाख ९० हजार ६ सय ७८ जना पुगेको छ ।
बेलायतमा संक्रमित संख्या २ लाख ४७ हजार ७ सय ९ पुगेको छ भने त्यहाँ ३४ हजार ८ सय ७६ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख २५ हजार ८ सय ८६ पुगेको छ भने त्यहाँ ३२ हजार ७ को मृत्यु भएको छ ।
यता छिमेकी देश भारतमा संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३ सय ४० पुगेको छ भने त्यहाँ ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ।
