बाँकेको नरैनापुर अनिश्चितकालका लागि शिल

Share:

बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई अनिश्चितकालका लागि शिल (पूर्ण रुपमा बन्द) गरेको छ । नरैनापुरमा हिजो एकै दिन ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई शिल गरेको हो ।

संक्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै संक्रमितको सङख्या ६८ पुगेको छ । यससँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।

यसअघि आइतबार मात्रै नरैनापुरमा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: