कालीगण्डकी नदीको बिचमा महिलाको शव फेला

Share:

पर्वत । पर्वतमा कालीगण्डकी नदीको बिचमा एक महिलाको शव फेला परेको छ ।

मृतक महिला म्याग्दी रघुगंगा गाउँपालिका–३ की ३२ बर्षीया विष्णु जैशि रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

कुश्मा नगरपालिका –१ राजाको बगर स्थित कालीगण्डकी नदीको बिचमा महिलाको शव मंगलबार बिहान ८ बजे फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नदीको बिचमा मानिसको शव रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले शव नदीबाट बाहिर निकाली बुझ्दा महिलाको पहिचान खुलेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: