विश्वभर कोरोनाबाट ३ लाख २५ हजार बढीको मृत्यु, ४९ लाख ८६ हजार संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ९१० पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वमा संक्रमितको संख्या ४९ लाख ८६ हजार ३३२ पुगेको छ भने १९ लाख ५८ हजार ४९६ निको भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुनेको संख्या अमेरिकामा रहेको छ । त्यहाँ ९१ हजार ८ सय ४५ को मृत्यु भएको छ। संक्रमितको संख्या पनि अमेरिकामा नै सबैभन्दा धेरै रहेको छ । त्यहाँ १५ लाख २७ हजार ३ सय ५५ मा संक्रमण पुष्टि भएको छ। अमेरिका पछि सबै भन्दा धेरै संक्रमित रुसमा २ लाख ९९ हजार ९ सय ४१ जना रहेका छन् ।

त्यस्तै, बेलायतमा ३५ हजार ४ सय २२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमित संख्या २ लाख ५० हजार १ सय ३८ पुगेको छ । इटालीमा ३२ हजार १ सय ६९ को मृत्यु भएको छ भने त्यहाँ २ लाख २६ हजार ६ सय ९९ संक्रमित छन् । स्पेनमा मृत्यु हुनेको संख्या २७ हजार ७ सय ७८ पुगेको छ भने त्यहाँ २ लाख ३२ हजार ३७ जना संक्रमण पुष्टि भएको छ । ब्राजिलमा १७ हजार ९ सय ७१ को मृत्यु भएको छ भने त्यहाँ २ लाख ७१ हजार ६ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

यता छिमेकी देश भारतमा ३ हजार ३ सय २ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमित को संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: