
काठमाडौँ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा आज सार्वजनिक हुँदैछ ।
गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गर्ने भूमि मन्त्री पद्य्मा अर्यालले आफ्नो फेसबुकमार्फत जानकारी दिएकी छन् ।
उक्त नक्सा आज दिउँसो सवा दुई बजे नेपाल टेलिभिजनबाट लाइभ गरेर सार्वजनिक गर्ने तयारी भएको उनले जानकारी दिइन्।
कमेन्ट गर्नुहोस्
