
स्याङ्जा । स्याङ्जामा कालीगण्डकी नदीको किनारमा पानीमा तैरिएको अवस्थामा एक बालकको शव फेला परेको छ ।
आज (बुधबार) करिब ११ः५० बजे स्याङ्जा चापाकोट नगरपालिका–७ बनकट्टा स्थित कालीगण्डकी नदीको किनारमा उत्तानो परी पानीमा तैरिएको अवस्थामा अन्दाजी ८/१० वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृत बालकको हालसम्म नाम, थर, वतन नखुलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
