
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ५१ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५० लाख ८८ हजार ४७३ पुगेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २९ हजार ७७२ पुगेको छ भने २० लाख २३ हजार ४४९ जना उपचार पछि निको भएका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १५ लाख ९१ हजार ५७५ कुल संक्रमित भएका छन् भने ९४ हजार ९६० जनाको मृत्यु भएको छ। अमेरिका पछि सबैभन्दा धेरै रुसमा ३ लाख ८ हजार ७ सय ५ जना संक्रमित छन् ।
यस्तै, बेलायतमा अहिलेसम्म २ लाख ४८ हजार २९३ कुल संक्रमित भएका छन् भने ३५ हजार ७०४ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख २७ हजार ३६४ कुल संक्रमित भएका छन् भने ३२ हजार ३३० जनाको मृत्यु भएको छ। स्पेनमा २ लाख ७९ हजार ५२४ कुल संक्रमित भएका छन् भने २७ हजार ८८८ जनाको मृत्यु भएको छ।
यता छिमेकी देश भारतमा एक लाख १२ हजार २८ जनामा संक्रमण भेटिएको छ भने त्यहाँ ३ हजार ४ सय ३४ को मृत्यु भएकोे छ।
