
काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।
यता दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि घोराही ३ बस्ने ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अघि बिहीबार नै २६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको मन्त्रालयले जनाएको थियो ।
कमेन्ट गर्नुहोस्
