
काठमाडौँ । विश्वभमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५५ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५५ लाख २ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर ३ लाख ४६ हजार ७ सय १९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ भने २३ लाख २ हजार २७ संक्रमित निको भएका छन् ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा १६ लाख ४१ हजार ५ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ९७ हजार ६ सय ८६ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ब्राजिलमा ३ लाख ६३ हजार २ सय ११ संक्रमण पुष्टि भएको छ । त्यस्तै रुसमा ३ लाख ४४ हजार ४ सय ८१ संक्रमित छन् ।
बेलायतमा संक्रमित संख्या २ लाख ६० हजार ९ सय १६ पुगेको छ त्यहाँ ३६ हजार ८ सय ७५ संक्रमितको मृत्यु भइसकेको छ । स्पेनमा २ लाख ३५ हजार ७ सय २२ संक्रमित रहेकामा स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने त्यहाँ ३२ हजार ७ सय ८५ जनाको मृत्यु भइसकेको छ।
सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा
कोरोना भाइरस सर्वाधिक फैलिएका देशको सूचीमा भारत १०औं स्थानमा परेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । सूचीमा भारतभन्दा अगाडी क्रमशः टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल, र अमेरिका छन् ।
भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ हजार २४ पुगेको छ। सर्वाधिक मृत्यु हुने देशहरुको सूचीमा भारत १५औं स्थानमा छ।भारतमा ५७ हजार ६ सय ९२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
