सामुदायिक अस्पतालमा स्वास्थ्य उपकरण आवश्यक

Share:

पोखरा । गण्डकी प्रदेशकै ठुलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अत्यावसेक स्वास्थ्य सम्बन्धि उपकरण व्यास्थापन गर्न गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) समक्ष चिकित्सकहरुले माग गरेका छन्। इन्टरनल हर्नियाबाट ग्रसित भई शल्यकृया गरेको आज (मंगलबार) छैटौं दिन डिस्चार्ज हुने पूर्व सन्ध्यामा अस्पतालका चिकित्सकहरुले आम जनताको स्वास्थ्यमा पहुच पु¥याउन पनि सामुदायिक अस्पतालमा अत्यावसेक स्वास्थ्य उपकरण व्यबस्था गर्न सांसद बराल समक्ष आग्रह गरेका हुन्।

प्रतिष्ठानमा आवश्यक जग्गा, भवन, दक्ष चिकित्सक सहितको स्वास्थ्यकर्मी भएपनि आवश्यक पर्ने स्वास्थ्य उपचरणको अभावमा धेरै बिरामीहरु पोखरा बाहिर जानुपर्र्ने बाध्यता भएको एक चिकित्सक सुरेस थापाले बताए । डिस्चार्ज भएसंगै सांसद बरालले उपचारमा संलग्न चिकित्सक सहित स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। रोग पहिचान नभएको अबस्थामा प्रतिष्ठानका चिकित्सक नरेन्द्र गुरुङ, सुरेस पौडेल सहितको टोलीले सफलता पूर्वक शल्यकृया गरेको थियो । प्रतिष्ठानमा अझै पनि पुरानै सामान र लक्ता कपडा सहितको बस्तुहरु हुदा उपचार गर्न जाने बिरामीहरुलाई केही नकरात्मक प्रभाव पार्ने भएको सांसद बरालले गुनासो गरे । शल्यकृया गरेर केही दिन राख्ने पोष्ट अप्रेटिभ वाड जस्तो संवेदनशिल स्थानमा पनि एसि सेवा नहुनु बढो दुःख लाग्दो कुरा भएको सांसद बरालले प्रतिष्ठानका उपकुलपति डा.बुद्धि बहादुर थापा सहितको टोली समक्ष जानकारी गराएका थिए । सार्वजनिक खरिद ऐनले गर्दा आफुहरुले केही कुरा व्याबस्थापन गर्न खोजेर पनि नसकेको उपकुलपति डा. थापाले जनाए ।

यसैबिच, सांसद बराल डिस्चार्ज हुनु अघि प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान सहितको टोलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै पुगेर सांसद बरालको स्वास्थ्य अबस्था बारे बुझेको थियो । मन्त्री चुमानले सांसद बरादलको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाछन्। त्यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, भूमि व्याबस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगर, नेकपाका नेता कार्यकर्ता, उनका इष्टमित्र, विभिन्न संघ संस्थाका प्रतिनिधि र शुभेच्छुकहरुले सांसद बरालको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सांसद बराल हाल आफ्नो डेरा पोखराको शिवालयचोकमा फर्किएको उनको परिवारले जनाएको छ । गण्डकी प्रदेश सरकारले प्रतिष्ठानमा कोरोना बिषेश अस्पताल बनाउन दिन नहुने सेवाग्राहीले माग गरेका छन्। सामान्यतया एक सुत्ेकरी महिलाको शल्यकृयाबाट शिशु जन्माउदा सामुदायिक अस्पतालमा खासै खर्च हुदैन भने अन्य निजी अस्पतालमा भने एक लाख जसो खर्च हुने गरेको सेवाग्राहीको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
Share: