क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण गरिने

Share:

काठमाडौँ । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक जना वडा अध्यक्षको निधन भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति निधन भएको प्रहरीले जनाएको छ ।

५८ वर्षीय राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । राति एक्कासी बेहोस भएपछि सेती प्रादेशिक अस्पताल लैजाने क्रममा उनको राति करिब १२ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । क्वारेन्टाइन व्यवस्थापनमा खटिएकाले कारोना लागेको हुनसक्ने भन्दै कारोना परीक्षणपछि मात्रै शव परिवारलाई बुझाइने बताइएको छ।

कमेन्ट गर्नुहोस्
Share: