
स्याङ्जा । स्याङ्जामा थप ३ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्याङ्जाको वालिङ ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २६ र २२ का २ जना पुरुष तथा ३९ वर्षका का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनीहरु सबैजनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको जनाएको छ। यससँगै स्याङ्जामा कोरोना संक्रमित ५ पुगेको छ । यसअघि स्याङ्जामा मंगलबार दुई जनामा कोरोना पुष्टि भएको थियो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ। दुई जना संक्रमित निको भएर घर फर्किएका छन्।
कमेन्ट गर्नुहोस्

