
पोखरा,पुस ८ गते \ नेपाल हकी संघकोे आयोजना तथा कास्की जिल्ला हकी संघको ब्यवस्थापनमा पोखरामा सम्पन्न राष्ट्रिय हकी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाली सेनाले जितेको छ ।

पोखराको नदिपुर स्थित नगरविकास प्रशिक्षण केन्द्रको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ५—० को फराकिलो गोल अन्र्तरले पराजित गदै उपाधि जितेको हो । सेनाको जितमा सेमुल राईले दुई, शेरबहादुर रोकाया, सत्यबहादुर चौधरी र अमित धिमालले एक÷एक गोल गर्दा उपाधि जित्न सफल भयो ।
सेनाले यसअधि २०६८ सालमा सम्पन्न राष्ट्रिय हकी प्रतियोगिताको पनि उपाधि जितेको थियो । विजेता आर्मीले नगद ५० हजार, ट्रफि,मेडल र प्रमाणपत्र जित्दा उपविजेता मध्यमाञ्चलले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा तेश्रो बनेको सुदुरपश्मिाञ्चलले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार नेपाली सेनाका अमित श्रीवास्तवले नगद पाँच हजार प्राप्त गर्नुभयो । श्रीवास्तवले प्रतियोगिताभरि ६ गोल गर्नुभएको थियो । भने उत्कृष्ट गोलकिपर सुदुरपश्चिमाञ्चलका किशोरराज ओझा र उत्कृष्ट खेलाडि सेनका रन्तित रावत बन्नुभयो । रावतले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताका विजेता खेलाडिलाई नेपाली सेनाका उपरथी भिक्टर जवरा, उपरथी एवं पश्चिम पृतनाका पृतनापति पदमविलास कार्की, हकी संघका महासचिव अनिल शर्मा, कोषाध्यक्ष बलराम श्रेष्ठ, सघ कास्कीका अध्यक्ष हिमाल खड्का, हकी प्रशिक्षक अश्विनी अधिकारी, तालिम तथा प्रशिक्षण विभाग प्रमुख विभाग निर्देशक तिलक राउवत, अशोक पाण्डे लगायतले नगद, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कास्की जिल्ला हकी संघका अध्यक्ष हिमाल खड्काको अध्यक्षतमा सम्पन्नको संचालन संघका सचिव एकराज गिरीले गर्नुभएको थियो ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित पुस ८ देखि संचालन भएको प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र नेपाली सेनाको एक टिमसहित ६ टिमले प्रतिस्पर्धा गरेका थिए । नेपालमा हक्की खेल करिव चार दशक अधि भित्रिएको भएपनि दोस्रो राष्टिय खेलकुद महोत्सव २०४० र २०६८ सालमा पोखरामा राष्टिय हक्की प्रतियोगिता भएको थियो ।
