लकडाउन जेठ ३२ सम्म लम्बियो, हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द

Share:

काठमाडौँ । सरकारले लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको छ । कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिन शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउन आगामी जेठ ३२ गतेसम्म कायमै राख्ने निर्णय गरेको हो ।

यसअघि पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैंछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

यसैगरी सरकारले हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: