
पोखरा । नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष तथा महिला नेतृ लक्ष्मी पाण्डेले राष्ट्रिय दलित पत्रकार संघ गण्डकीलाई १ सय ५० थान मेडिकल मास्क र २ प्याकेट पञ्जा सहयोग गरेकी छन् । लकडाउनको बेलामा फ्रन्टलाइनमा रहेर समाचार सम्प्रेशण गरिरहेका पत्रकारहरुको सुरक्षाको ख्याल गर्दै आफूले सो सहयोग उपलब्ध गराएको पाण्डेले बताईन् ।
पाण्डेले राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीका अध्यक्ष रेम बिकलाई सो सहयोग सामाग्री हस्तान्तरण गरेकी हुन् । ‘लकडाउनको बेलामा अग्रपंक्तिमा रहेर जनतालाई सही समाचार दिने पत्रकारहरु पनि जोखिममा परेको मैले देखेपछि उनीहरुको सुरक्षामा सहयोग होस् भनेर मैले यी सामाग्रीहरु सहयोग गरेकी हुँ ।’ मास्क र पञ्जा हस्तान्तरण पछि काँग्रेस नेतृ पाण्डेले भनिन्–‘आगामी दिनमा पनि पत्रकारहरुलाई आवश्यक परेको खण्डमा मैले थप सहयोग गर्नेछु ।’
राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीका अध्यक्ष रेम बिकले पत्रकारको सुरक्षाको ख्याल गर्दै मास्क र पञ्जा प्रदान गरेकोमा नेतृ पाण्डेलाई धन्यबाद दिए । ‘साँच्चै नै पत्रकारहरुलाई यो बेलामा निकै अप्ठेरो छ । र, पत्रकारहरुको सुरक्षाप्रति चासो देखाएर यो सहयोग गरेकोमा म काँग्रेस नेतृ पाण्डेलाई धेरै धन्यबाद दिन चाहन्छु ।’ बिकले भने–‘यी सामाग्री संघमा सम्पूर्ण क्रियाशिल पत्रकारहरुको आवश्यकता अनुसार वितरण गरिनेछ ।’
राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीले कास्की शाखासँग मिलेर यसअगाडि संघमा आबद्ध केही पत्रकारहरुलाई खाद्यान्न समेत उपलब्ध गराएको थियो । संघले लकडाउनका कारण समस्यामा रहेका पत्रकारहरुलाई आगामी दिनमा पनि विभिन्न दाताहरुसँगको सहकार्यमा सहयोग गरिने जनाएको छ ।
