बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, ५ को अवस्था गम्भीर

Share:

काठमाडौँ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

भारतबाट मजदुरी गरेर फर्केका ३३ जनालाई लिएर नेपालगञ्ज हुँदै सल्यान जान लागेको ना ५ ख ५९९५ नम्बरको हाइस राति करिब १२ बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जनाको घटनास्थलमै र १ जना भेरी अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएकोे प्रहरीले जनाएको छ । मृतक १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ। अहिलेसम्म मृतक कसैको पनि सनाखत भएको छैन ।

यस्तै घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: