
काठमाडौँ । सर्वाधिक कोरोना संक्रमण फैलिएको देशको सूचीमा भारत सातौं स्थानमा पुगेकोे छ। सूचीमा भारत अगाडी क्रमशः इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका रहेका छन्।
आज (सोमबार) बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ। त्यहाँ ५ हजार ४ सय ८ जनाको संक्रमणपछि मृत्यु भएको छ भने ९१ हजार ८ सय ५२ जना उपचार पछि संक्रमणमुक्त भइसकेका छन्।
यस्तै सूचीको पहिलो स्थान रहेको अमेरिकामा संक्रमितको संख्या सर्वाधिक १७ लाख ८८ हजार ७ सय ६२ पुगेको छ। त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या पनि सर्वाधिक १ लाख ४ हजार ३ सय ५६ पुगेको छ।
त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ५ लाख १४ हजार ८ सय ४९ पुगेको छ भने त्यहाँ २९ हजार ३ सय १४ को मृत्यु भएको छ। रुसमा ४ लाख ५ हजार ८ सय ४३ जना संक्रमित रहेका छन् । बेलायतमा संक्रमित संख्या २ लाख ७६ हजार १ सय ५६ पुगेको छ भने त्यहाँ ३८ हजार ५ सय ७१ जनाको संक्रमणबाट मृत्यु भएको छ । स्पेनमा २ लाख ३९ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ। इटालीमा संक्रमित संख्या २ लाख ३२ हजार ९ सय ९७ पुगेको छ भने त्यहाँ ३३ हजार ४ सय १५को संक्रमणबाट मृत्यु भएको छ।
पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ६२ लाख ६३ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै विश्वमा ३ लाख ७३ हजार ८९९ को कोरोना संक्रमणपछि मृत्यु भएको छ भने २८ लाख ४६ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।
