
काठमाडौं, पौष ९ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुबीच सहमति नभए प्रक्रियामा गएर आगामी माघ ८ भित्रै संविधान जारी हुने दाबी गरेका छन् ।
राजधानीमा बुधबार भएको एक कार्यक्रममा नेता नेपालले माघ ८ भित्रै संविधान जारी हुनेमा शंका नगर्न आग्रह गरे ।
जातीय आधारमा संघीयता मान्न नसकिने भन्दै उनले बाँकी विषयमा सहमति खोज्न आफूहरु तयार रहेको समेत बताए । एमाओवादीले जातीय आधारमा संघीयताको कुरा दोहोर्याइरहे सहमति जुट्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले माघ ८ भित्रै संविधान जारी नभए मुलुक ठूलो दुर्घटनमा जाने भन्दै नेताहरुको ध्यानाकर्षण गराएका थिए ।
कमेन्ट गर्नुहोस्

