राजा वीरेन्द्रको वंशनाश भएको १९ वर्ष पूरा, घटना झैं रहस्यमय

971
0
Share:

काठमाडौँ। आज जेठ १९ अर्थात् तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको दिन । आज १९ वर्ष पूरा भएको छ।

२०५८ जेठ १९ गते शुक्रबार राती राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या भएको थियो।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

उक्त हत्याकाण्डको छानविन प्रतिवेदन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्बजनिक गरेका थिए। तर घटना झैं रहस्यमय नै छ ।

राजा वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काएका थिए । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाकोे घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि राजगद्दी सम्हालेका उनका माइला भाइ ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन्।

कमेन्ट गर्नुहोस्
Share: