
पोखरा । गुरुङ (तमू) समाज मकाउद्धारा गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ सहयोग गरेको छ ।
समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका पदाधिकारी र अन्य सदस्यहरुको उपस्थितीमा सो रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तर गर्दै अध्यक्ष रामेन्द्रकुमार गुरुङले आफूहरु विदेशमा भएता पनि देशलाई संकट पर्दा सक्दो सहयोग गर्न सधैं तत्पर रहेको बताए।
साथै रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला देश दुःख र समस्यमा रहेको भन्दै दुःखको बेला सहयोग गर्दैहरुप्रति आफ्नो सधैं सहानुभूति रहने बताए ।
सुखको बेला भेटन आउनेहरु भन्दा दुःखको बेला भेटनहरुको बढी सम्झना रहने समेत उहाँले बताए । साथै उनले समाजलाई धन्यवाद सहित आभार पत्र समेत प्रदान गरे ।
स्थापनाकालदेखि नै सामाजिक काममा सक्रिय रहदै आएको समाजले यसअघि पनि विभिन्न संघ संस्था र विपत्तीमा परेको व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।

