
काठमाडौँ ।नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जेठ २० गते मृत्यु भएका ती पुरुषको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन्।
५ दिनअघि मात्रै भारतबाट आएका उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा मृत्यु भएको थियो । पूर्वखोला २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु-याइएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
