सर्वाधिक कोरोना संक्रमण फैलिएका देशको सूचीमा भारत छैटौं स्थानमा

Share:

काठमाडौँ । सर्वाधिक कोरोना (कोभिड–१९) संक्रमण फैलिएको देशको सूचीमा भारत छैटौं स्थानमा पुगेको छ। यसअघि सातौं स्थानमा रहेको भारतले इटालीलाई उछिन्दै छैटौं स्थानमा पुगेको हो। सूचीमा भारत अगाडी क्रमशः स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, भारतमा ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख १३ हजार २ सय ३१ जना भने संक्रमणमुक्त भएका छन्।

यस्तै सबैभन्दा अगाडी रहेको अमेरिकामा सर्वाधिक १८ लाख ९४ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि सर्वाधिक १ लाख ९ हजार ४२ पुगेको छ ।

त्यस्तै, ब्राजिलमा संक्रमित संख्या ६ लाख १४ हजार ९ सय ४१ पुगेको छ । त्यहाँ ३४ हजार २१ को संक्रमणबाट मृत्यु भएको छ । रुसमा ४ लाख ४९ हजार २ सय ५६जनामा संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमित संख्या २ लाख ८४ हजार ७ सय ३४पुगेको छ । त्यहाँ ४० हजार ३ सय ४४ को संक्रमण पछि मृत्यु भएको छ । स्पेनमा २ लााख ४० हजार ९ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या ६७ लाख ३१ हजार ८ सय २४ पुगेको छ । यस्तै विश्वभर ३ लाख ९४ हजार ८७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ भने २९ लाख ९६ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: