नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

Share:

काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार सेती अस्पतालमा उपचारत महिलाको कोरोनाबाटै मृत्यु भएको पुष्टि भएसँगै मृतक संख्या १३ पुगेको हो।

५५ वर्षीया उनको जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको थियो । उनको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्राललयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

ती महिला मिर्गौलाकी बिरामी भएको समेत उनले जानकारी दिएका छन् ।

यसअघि आज नै डोल्पाका १ जना पुरुषको पनि कोरोना कै कारण मृत्यु भएको पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: