रुकुममा घटेको सत्य घटनामा आधारित गीत “अछुत एक अधुरो प्रेम” सार्वजनिक (भिडियो सहित)

Share:

काठमाडौँ । सामाजिक विभेदको रुपमा रहेको छुवाछुतले समाजमा विभिन्न किसिमका अपराधिक कृयाकलापकहरु घटिरहेको हुन्छ । भखरै मात्र रुकुममा घटेको घटनालाई आधार बनाएर निमार्ण गरिएको गायक संजय श्रीपालको आवाजमा ”अछुत एक अधुरो प्रेम” गीतको भिडियो सार्वजनिक भएको छ ।

समाज भित्रको कुरितिलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । जिवनमा हामीले छुवाछुत पूर्ण व्यवहार भन्दा पनी आपसमा मिलेर अगाडि बढनुपर्नेमा गायक श्रीपालले आग्रह गरेका छन् ।

रुकुममा घटेको वास्तविक घटनलाई आधार बनाएर निमार्ण गरिएको वियोगान्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा गायक श्रीपाल आशावादी रहेका छन् । रोमहर्ष भण्डारीको शब्द तथा सुरेशरमण अधिकारीको लय सिर्जना गीतमा रहेको छ । मनोज कार्कीको सम्पादन भिडियोमा रहेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: